प्रहरी र प्रमुख जिल्ला अधिकारी प्रदेश मातहतमा दिए उत्कृष्ट काम गर्छौं : मुख्यमन्त्री कार्की

प्रहरी र प्रमुख जिल्ला अधिकारी प्रदेश मातहतमा दिए उत्कृष्ट काम गर्छौं : मुख्यमन्त्री कार्की

अर्थ चौतारी

प्रहरी र प्रमुख जिल्ला अधिकारी प्रदेश मातहतमा दिए उत्कृष्ट ...

A A- A+

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी समायोजन नभएसम्म एकमुष्ट बास्केटमा प्रहरी र प्रमुख जिल्ला अधिकारी प्रदेश सरकारको मातहतमा दिनुपर्ने बताएका छन् । उनले प्रदेश मातहतमा प्रहरी र प्रमुख जिल्ला अधिकारी आएको खण्डमा प्रदेशले उत्कृष्ट ढंगले परिचालन गर्ने पनि बताए । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले समायोजन ढिलो भइरहेको अवस्थामा एकमुष्ट बास्केटबाट प्रहरी र प्रजिअ आए काममा सहज हुने धारणा राखेका हुन् । ‘कतिपय अवस्थामा को प्रहरी गए, को आए थाहा नहुँदा प्रदेशमा काम गर्न गाह्रो  भएको छ,’ उनले भने, ‘यो अवस्थामा यो विकल्प राम्रो हो, हामी यसको सफल प्रयोग गरेर देखाउँछौँ ।’ प्रदेश सरकार  सबै तहसँग समन्वय गरेर काम गर्न तयार रहेको उनले बताए । उनले भने, ‘संघीय सरकार पनि त्यही अनुरूप सहजीकरण गर्न तयार हुनुपर्छ ।’ प्रदेश सरकार प्रहरीलाई बलियो बनाउन लागि परेको चर्चा गर्दै कार्कीले अगामी ३ वर्षमा कोशी भित्र प्रहरी कार्यालय पूर्वाधार युक्त बनाउने र सबै ठाउँका प्रहरीलाई सवारी साधन पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । सुशासन, शान्ति र समृद्धिका लागि सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गरेमा उद्योग वाणिज्य क्षेत्र सुधार हुने अपेक्षा राखे । कुनै पनि बेलामा जनताले खोज्ने पहिलो निकाय प्रहरी रहेको भन्दै उनले कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन समेत दिए । प्रहरीलाई प्रविधि मैत्री बनाउन र पूर्वाधारमैत्री बनाउन पर्ने र त्यसो गरे थोरै जनशक्तिबाट पनि काम गर्न सकिने उनको धारणा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?