भारतमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका दुई जनाको मृत्यु

भारतमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका दुई जनाको मृत्यु

अर्थ चौतारी

भारतमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका दुई जनाको ...

A A- A+

कञ्चनपुरः भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा पर्ने नानकमत्तामा भएको मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–३ का २४ वर्षीय सागर परियार र भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय निखिल जैरु रहेका छन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार नेपाली नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूको आइतबार कारसँग ठोक्किएर दुर्घटना भएको हो।मोटरसाइकल नम्बर भने खुलेको छैन। उनीहरूको पोष्टमार्टम गरेर शव आफन्तले ल्याइसकेका छन्। दुर्घटनामा परी घाइते भएका एक जना उपचारपछि निको भएर घर फर्किएको डीएसपी जोशीले बताए। घाइतेको नाम नखुलेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?