कोशी प्रदेश विवाद : पूर्ण इजलासमा तोकियो पेशी

कोशी प्रदेश विवाद : पूर्ण इजलासमा तोकियो पेशी

अर्थ चौतारी

कोशी प्रदेश विवाद : पूर्ण इजलासमा तोकियो पेशी

A A- A+

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइको पेशी तोकिएको  छ । न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको पूर्ण इजलासमा पेशी तोकिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधवार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसद्को सङ्कल्प प्रस्ताव, मुख्यमन्त्री बनाउँदा समर्थन दिएका एमालेका सांसदहरूले समर्थन नरहेको भनी प्रदेश प्रमुखलाई गराएको जानकारी र विश्वासको मत नलिएको आधारमा हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?