काठमाडौँ । एन्टोनियो कोन्टे इटालियन क्लब नापोलीको नयाँ म्यानेजर नियुक्त भएका छन् । चेल्सी र टोटनह्याम हटस्पर्सका पूर्वम्यानेजरले क्लबसँग ३ वर्षको करार गरेका हुन् ।सन् २०२३ को मार्चमा आपसी समझदारीमा स्पर्स छाडेपछि ५४ वर्षीय कोन्टे कामविहीन थिए । स्पर्समा रहँदा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि उनले पहिलो सिजनमा नै चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । दोस्रो सिजनमा टोलीलाई एफए कपको उपाधि दिलाए पनि उनी सन् २०१८ मा बर्खास्त भएका थिए ।इटालियन प्रशिक्षकले सन् २०११ देखि २०१४ को बिचमा युभेन्टसलाई तीनवटा सिरिएको उपाधि दिलाएका थिए । गत वर्ष ३३ वर्षपछि लिग उपाधि जिते पनि टोलीले त्यस सफलतालाई दोहोर्याउन सकेको छैन ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच