चाबहिल घटना : चञ्चलले आफूसँगै छोरीहरूलाई पनि छर्किएका थिए पेट्रोल

चाबहिल घटना : चञ्चलले आफूसँगै छोरीहरूलाई पनि छर्किएका थिए पेट्रोल

अर्थ चौतारी

चाबहिल घटना : चञ्चलले आफूसँगै छोरीहरूलाई पनि छर्किएका थिए ...

A A- A+

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ स्थित चाबहिल सरस्वतीनगरमा चञ्चल बहादुर सिंहले पेट्रोल छर्केर आफैँलाई आगो लगाउँदा परिवारका ५ जना घाइते भए । २२ जेठमा साँझ पौन नौ बजेतिर मदिरा सेवन गरेर घर आएपछि सिंहले पेट्रोल छर्केर आगो लगाएका हुन् ।पेट्रोल छर्केर आगो सल्काउँदा चञ्चल बहादुरकी १६ वर्षीय छोरी समृद्धिको शरीर करिब ८५ प्रतिशत जलेको छ । जेठी छोरी २४ वर्षीय सुप्रिया सिंहको अनुहार र शरीरमा करिब ५५ प्रतिशत जलेको छ । ५५ वर्षीय चञ्चलकी पत्नी बिन्दु सिंहको शरीर करिब ७ प्रतिशत जलेको छ । उनीहरूका कान्छी छोरी ८ वर्षीय सुहानाको शरीर १५ प्रतिशत जलेको छ । चञ्चलको शरीर करिब १२ प्रतिशत जलेको छ । पाँचै जनालाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । आफूसँगै उनले छोरीहरूलाई समेत लक्षित गरेर पेट्रोल छर्केको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार चञ्चलको स्थायी पेसा छैन । मदिरा सेवन गरेर पत्नीसँग झगडा गर्दै आएका उनले मंगलबार पनि मदिराको नशामा पेट्रोल छर्केको प्रहरी अधिकृतहरू बताएँछन् । सरस्वतीनगर स्थित घटना भएको ३ तले घर चञ्चलको हो । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘मदिराको कारण पेट्रोल छर्केको देखिन्छ, अरुबेला पनि झगडा हुँदो रहेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?