विश्वकप खेल्न सन्न्यास फिर्ता लिएका पाकिस्तानी अलराउन्डर पहिलो खेलअघि घाइते

विश्वकप खेल्न सन्न्यास फिर्ता लिएका पाकिस्तानी अलराउन्डर पहिलो खेलअघि घाइते

अर्थ चौतारी

विश्वकप खेल्न सन्न्यास फिर्ता लिएका पाकिस्तानी अलराउन्डर पहिलो खेलअघि ...

A A- A+

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो पहिलो खेल बिहीबार आयोजक राष्ट्र अमेरिकासँग खेल्दैछ । खेल राति २१ः१५ बजे सुरु हुनेछ । त्यो खेलअघि पाकिस्तानी टोलीका एक खेलाडी घाइते भएका छन् ।घाइते भएका कारण अमेरिकाविरुद्धको खेलमा पाकिस्तानी टोलीका अलराउन्डर इमाद वसिम उपस्थित हुने छैनन् । इमादको चोटले पाकिस्तानी टोली थप दबाबमा परेको छ । पछिल्लो समय पाकिस्तानी टोलीको प्रदर्शन पनि खासै गतिलो छैन ।विश्वकप सुरु हुनुअघि पाकिस्तानले इङ्ल्यान्डसँग टी–२० शृंखला खेलेको थियो । त्यो शृङ्खलामा पाकिस्तानको प्रदर्शन अत्यन्तै निराशाजनक थियो । त्यसमाथि आफ्नो पहिलो खेलअघि अलराउन्डर इमाद वसिम घाइते भएपछि पाकिस्तानी टोली थप दबाबमा परेको छ ।इमाद वसिम घाइते भएपछि कप्तान बाबर आजम पनि चिन्तित देखिएका छन् । ‘अन्तिम क्षणमा आएर इमाद घाइते हुनु टोलीका लागि दुर्भाग्य हो । अब उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुबाहेक अर्को विकल्प छैन,’ कप्तान बाबर आजमले भनेका छन् ।इमाद वसिम विश्वकप खेल्न सन्न्यास फिर्ता लिएर पाकिस्तानी टोलीमा फर्किएका हुन् । इमादसँगै तीव्र गतिका बलर मोहम्मद आमिरले पनि विश्वकप खेल्न आफ्नो सन्न्यास फिर्ता लिएका थिए ।सन्न्यास फिर्ता लिएलगत्तै इमादलाई न्युजिल्यान्ड, आयरल्यान्ड र इङ्ल्यान्डविरुद्धको टी–२० शृङ्खलाका लागि टोलीमा समावेश गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?