‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमले आम छोरीहरूको अपमान भयोः सांसद बलायर

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमले आम छोरीहरूको अपमान भयोः सांसद बलायर

अर्थ चौतारी

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमले आम छोरीहरूको अपमान भयोः सांसद ...

A A- A+

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरूको अपमान गरेको टिप्पणी गरेका छन् ।सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ । सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै छोरीहरूको अपमान गरेको जिकिर गरे । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा यो रकम हटाउन सुझाव दिए ।सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि माग गरे ।उनले भने, ‘प्रधानमन्त्री छोरी कार्यक्रम आयो । प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदहरूका छोरीहरू हुन् भने त मलाई केही भन्नु छैन । तर, जनताको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा छोरीहरूको अपमान भएको छ । बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाइदिँदा जाति हुन्छ ।’सांसद बलायरले सरकारले भूकम्प पीडितहरूको राहतमा एकरुपता ल्याउन नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?