काठमाडौँ । टर्कीमा सैन्य तालिमका क्रममा विमान दुर्घटना हुँदा २ सैनिकको मृत्यु भएको छ । मङ्गलबार मध्य टर्की प्रान्त केसेरीमा सैन्य तालिमका क्रममा भएको विमान दुर्घटनामा दुई सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ । वायुसेना कमाण्डको प्रशिक्षण विमान तालिम/परीक्षणको लागि केसेरीको १२ औं एयर ट्रान्सपोर्टेशन मेन बेस कमाण्डबाट उडेको थियो । अज्ञात कारणले दुर्घटनामा परेको बताइएको छ । स्थानीय गभर्नरका अनुसार विमान कासेरी प्रान्तको कोकासिनान जिल्लाको हसन अर्पा छिमेकमा दुर्घटनाग्रस्त भएको थियो । -सिन्ह्वा/न्युज एजेन्सी नेपाल
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच