बझाङ — भारतको बैग्लुरुमा भएको खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएकी प्रेमजला बोहराको मृत्यू भएको छ । कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं ११, सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यू भएको हो । यस अघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको सोही दुर्घटनामा परी मृत्यू भैसकेको छ भने मृतक प्रेमजलाका श्रीमान मदन र जेठी छोरी निरुताको स्थानीय भिक्टोरीया अस्पतालमा उपचार भैरहेको छ ।गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस बिस्फोट भएको थियो । घटना लगतै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो । झ्याल नभएको कोठामा बसिरहेका उनिहरुको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए ।न्युन आर्थिक अवस्थाका ३२ वर्षीिय मदन गाउँमा जीविका चलाउन गाह्रो भएपछि विगत ६ वर्षदेखि परिवार सहित भारतमा बस्दै आएका थिए । मदन बेङलुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाईको काम गर्दै छोराछोरीहरुलाई त्यहीको स्थानीय विद्यालयमा पढाइरहेका थिए ।घाइतेहरुको अवस्था पनि गम्भीर रहेको र उपचार खर्च अभावमा सुविधा सम्पन्न अस्पतालमा भर्ना गर्न नसकेको उनीहरुको परिवारलाई उपचारमा सहयोग गदै आइरहेकी बेग्लुरुमा रहकी जमुना पौडेलले बताइन् । ‘राम्रो अस्पतालमा भर्ना गर्नको लागि बढी पैसा चाहिन्छ । त्यो रकम उहाँहरु सँग छैन । अहिले पनि हामी यहाँ रहेका नेपालीहरुले चन्दा उठाएर उपचार गरिरहेका छौँ,' पौडेलले भनिन्, ‘बाँकी रहेका दुवै जना घाइतेको अवस्था पनि गम्भिर छ।'

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच