नेकपा एस सहमत भएपछि जनमतको नेतृत्वमा मधेश सरकार बन्ने निश्चित, लोसपा पनि छलफलमा

नेकपा एस सहमत भएपछि जनमतको नेतृत्वमा मधेश सरकार बन्ने निश्चित, लोसपा पनि छलफलमा

अर्थ चौतारी

नेकपा एस सहमत भएपछि जनमतको नेतृत्वमा मधेश सरकार बन्ने ...

A A- A+

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी (एस)पार्टी सहमतिमा आएसँगै मधेश प्रदेशमा सत्ता गठबन्धनको नयाँ सरकार बन्ने निश्चित भएको छ । पहिलो चरणमा सरकारको नेतृत्व जनमत पार्टीले गर्नेछ ।मधेशमा अहिले जसपा नेपालका सरोज कुमार यादव मुख्यमन्त्री छन् । जसपा नेपाल विभाजन भएको केहीदिनमै मधेश सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले बाहिरिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका हुन् ।उनले संवैधानिक व्यवस्था अनुसार जेष्ठ २३ मा विश्वासको मत लिने तयारी गरेका छन् । तर त्यसअघि नै जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने सत्ता गठबन्धनका नेताहरु बताउँछन् । त्यसका लागि गठबन्धनमा आवद्ध दलका सांसदहरु काठमाडौं पुगेर दौडधुप गरिरहेका छन् ।दुई दिन अगाडि जनमत, एमाले र माओवादीबीच जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने लिखित सहमती भएको थियो । जुन बैठकमा जनमतका अध्यक्ष डा. सीके राउत स्वयं उपस्थित थिए ।तीन दलले गरेको लिखित सहमतिमा नेकपा एस र लोसपा पनि नयाँ सरकारमा सहभागी हुने उल्लेख थियो । उक्त सहमतिमा लोसपाले आपत्ति पनि जनाए । नेकपा एसका सांसदहरु पनि नयाँ सरकारबारे कुनै सहमति नभएको प्रतिक्रिया दिएका थिए । तर यी दुवै दल सरकारमा जाने लगभग टुङ्गो लागेको छ  सत्तारूढ नेकपा एसले मधेशमा नयाँ सरकार बनाउन आनाकानी गरेपछि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरे । स्रोतका अनुसार भेटमा अध्यक्ष नेपालले सत्ता गठबन्धनमै रहने र मधेशमा नयाँ सरकार बनाउन सकारात्मक रहेको बताएका थिए ।ओली र प्रचण्ड भेट्नुअघि अध्यक्ष नेपाललाई एमाले मधेशका संसदीय दलका नेता सरोज कुमार यादव, माओवादी मधेश संसदीय दलका नेता भरत प्रसाद साह र जनमतका मधेश संसदीय दलका नेता महेश प्रसाद यादव पनि भेटघाट गरेका थिए । उनीहरुलाई पनि अध्यक्ष नेपालले मधेशमा नयाँ सरकार बनाउन सहयोग गर्ने आश्वासन दिएको बुझिएको छ ।नेकपा एस नयाँ सरकार बनाउन सहमतिमा आइसकेपछि लोसपा पनि सकारात्मक देखिएको छ । माओवादी संसदीय दलका उपनेता यूवराज भट्टराईले लोसपासंग पनि संवाद भइरहेको बताए । उनले भने, ‘लोसपा पनि नयाँ सरकारमा सहभागी हुन्छ । त्यसमै लागेका छौं । आज लोसपाका सांसदहरु काठमाडौं आउदैछन् ।स्रोतका अनुसार सत्ता गठबन्धनमा आवद्ध पार्टीका संसदीय दलका नेता र उपनेताहरु नयाँ सरकारबारे सबैथोक फाइनल गरेर आजै काठमाडौंबाट जनकपुरधाम फर्किने छन् । उनीहरु बेलुकासम्म प्रदेश प्रमुखलाई भेटेर सरकार बनाउने बहुमत आफूहरुसंग रहेकाले नयाँ सरकार गठनको आह्वान गर्न ध्यानाकर्षण गराउने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?