राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण

अर्थ चौतारी

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला ...

A A- A+

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।  एक महिनामा यति ठूलो संख्यामा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण हुनु नेपालको स्वास्थ्य क्षेत्रको लागि ठूलो उपलब्धि भएको अस्पतालका कार्यकारी निर्देशक तथा मिर्गौला र कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले बताए ।

आर्थिक वर्ष २०८१ ८२ मा केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरेको जनाएको छ । विभिन्न प्रदेशबाट मिर्गौला आएका बिरामीको उमेर संख्या १४ देखि ७१ रहेको र सफलतापूर्वक मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको अस्पतालले जानकारी दिएको छ । उक्त आर्थिक वर्षमा नै केन्द्रले एक मस्तिष्क मृत्यु भएका युवकको मिर्गौला र कलेजो २ व्यक्तिमा सफलतापूर्वक मिर्गौला र कलेजो प्रत्यारोपणसमेत गरेको थियो ।

स्थापना भएको १३ वर्षमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रकै अगुवाइमा आर्थिक वर्ष २०८१ ८२ मा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?