विपत् घोषणा मात्रले मधेशका घाउ निको हुँदैन,राहत र विकासको स्पष्ट योजना जरुरी छ : उपेन्द्र यादव

विपत् घोषणा मात्रले मधेशका घाउ निको हुँदैन,राहत र विकासको स्पष्ट योजना जरुरी छ : उपेन्द्र यादव

अर्थ चौतारी

विपत् घोषणा मात्रले मधेशका घाउ निको हुँदैन,राहत र विकासको ...

A A- A+

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा भएका मधेशका क्षेत्रका जनतालाई आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेरमात्रै मधेशका किसानको समस्या समाधान नहुने भएकाले आवश्यक राहत दिन सरकारको ध्यानाकर्षण गराए। उनले विधुतीय सिचाइ प्रणाली, खानेपानीको व्यवस्थाका साथै संकटग्रस्त क्षेत्रमा २४ सै घण्टा विधुत आपूर्ति गर्नुपर्नेमा जोड दिए। त्यस्तै यादवले किसानहरुले लिएको ऋणमा छुटको व्यवस्था र आगामी उत्पादनका समयमा अनुदानका साथै किसानहरुलाई विशेष सहयोग गर्नुपर्ने बताए।

उनले जलवायु परिवर्तनको बहस गर्ने सरकारले वन फडानीका साथै वन फडानी गर्दै भूमाफियालाई जग्गा प्रदान गर्ने गरि कानून ल्याउन लागेको भन्दै आपत्ति जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?