चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै

अर्थ चौतारी

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका ...

A A- A+

रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदैछ । गत असार २४ गते नेपाल चीन सीमाको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र नेपाली नागरिकलाई बुधबार तातोपानी (चाङ्मु) नाकाबाट नेपाल ल्याउन लागिएको हो । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले यसबारेमा जानकारी दिएका छन् । महावाणिज्यदूत निरौलाका अनुसार केरुङमा अलपत्र २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको छ ।

दुवै देशबीच कुटनीतिक पहलपछि चीन सरकारसँगको समन्वय र सहयोगमा तीन नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । अलपत्र नेपाली नागरिकमध्ये कतिपयसँग नेपाल जाने भाडा र खाना खर्चसमेत नभएको जानकारी दिँदै उनले चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको समन्वय र चीन सरकारका सम्बन्धित निकायको सहयोगमा उनीहरूलाई तातोपानी नाकासम्म पुर्‍याइने जानकारी दिए । तातोपानीमा पुर्‍याएपछि उनीहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाइने छ । महावाणिज्यदूत निरौलाले बाढीपीडित नेपाली नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाएर नाकासम्म लैजान लगेकोमा चीन सरकारलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?