९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना

JPG converted with https://ezgif.com/webp-to-jpg

९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना

अर्थ चौतारी

९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना

A A- A+

क्यामरुन – संसारका सबै भन्दा जेठा राष्ट्रपति क्यामरुनका पाउल बियाले अर्को एक कार्यकाल जिम्मेवारी लिने चाहना व्यक्त गरेका छन्। ९२ वर्षीय बियाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आगामी अक्टोबरमा हुने निर्वाचनमा सफलता पाउँदै ४३ वर्षे शासन सत्तालाई अझ लम्ब्याउने विचार गरेका हुन्।उनले क्यामरुनमा रहेका तथा डायस्पोराका धेरै जानको अनुरोधपछि आठौँ पटक राष्ट्रपति हुने इच्छा राखेका हुन्। बियाको प्रशासनले धेरै भ्रष्टाचारको आरोप सहेको छ भने राष्ट्रिय सुरक्षा कमजोर भएको आरोप पनि लगाइएको छ।

उनको उम्मेदवारी अपेक्षित भए पनि पक्का थिएन। यसै बिचमा उनले उम्मेदवारी घोषणा पछि क्यामरुनको निर्वाचन वातावरण मेटिएको छ।सन् १९८२ मा सत्तामा उपस्थित भएका बियाले त्यसयता पराजयको सामना गर्नुपरेको छैन। अर्को ७ वर्षे कार्यकालमा उनी सफल भए उनको पदावधि सकिँदा सय वर्ष नाघी सकेका हुने छन्। उनलाई धेरै अफ्रिकी देशबाट पद त्यागेर पुस्तान्तरका लागि पनि दबाब भने नआएको होइन। विगतमा उनलाई बलियो साथ दिँदै आएको उत्तरी क्षेत्रका केही क्षेत्रमा बिग्रिएको सम्बन्धले भने उनलाई असर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?