अभिलेखमै नभएको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा

अभिलेखमै नभएको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा

अर्थ चौतारी

अभिलेखमै नभएको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा ४ जनाविरुद्ध ...

A A- A+

काठमाडौँ। अभिलेखमै नरहेको विद्यालयको नाममा भवन निर्माण गरेको देखाउँदै सात लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रा.वि तिप्लाको भवन निर्माणको नाममा आर्थिक अनियमितता भएको अख्तियारले जनाएको छ। आयोगका अनुसार उक्त स्थानमा ‘दुर्गा प्रावि’ नामक कुनै विद्यालय नै नभएको पुष्टि भएको छ।

हालको ठूलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्रै सञ्चालनमा रहेको पाइएको छ। सो विद्यालयका लागि पनि आर्थिक वर्ष २०६७/०६८ मा कुनै बजेट विनियोजन नभएको र भवन निर्माणसमेत नभएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

यसबारे अनुसन्धान गर्दा जिल्ला प्राविधिक कार्यालय डोल्पा का तत्कालीन प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा ले मिलेमतोमा झुटा कागजात बनाएर चेकमार्फत रकम भुक्तानी लिएको पाइएको छ।

उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय र बिगो असुलको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?