काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको अन्तिम खेलमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि शिवांश बजगाईं र रौनक श्रीवास्तवले अर्धशतक बनाएका छन्।
बजगाईंले ५२ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५४ रन बनाएर आउट भएका छन् भने श्रीवास्तव ६४ बलमा ६७ रन बनाएर क्रिजमा छन्। उनीसँग क्रिजमा सुगम बुढाथोकी २४ बलमा २९ रन बनाएर खेलिरहेका छन्। पहिलो ओभरमै विकेट गुमाएर खराब सुरुवात गरेको नेपालका लागि बजगाईं र श्रीवास्तवले उत्कृष्ट साझेदारी गरेका हुन्। नेपालले ओपनर परिमार्जन यादवलाई पहिलो ओभरमा गुमाएको थियो भने अर्का ओपनर प्रसिद्ध जैसीलाई समेत सस्तैमा गुमायो। अहिले २५ ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा १७२ रन बनाएको छ।
समूह चरणका तीन खेलमा विजयी भएको नेपाल एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। समूह ‘ए’का तीन खेलमा तीन जित निकाल्दै शीर्ष स्थानमा रहेको नेपालले आज भुटानसँग प्रतिस्पर्धा गरेको हो। पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा इन्डिोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा भुटानलाई हराउने लक्ष्यका साथ मैदानमा हुनेछ।
प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्। दुई समूहका विजेता र उपविजेताले समेफिाइनल खेल्नेछन्। सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते हुँदैछ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच