नयाँदिल्ली– अमेरिकी आक्रमण भएको केही घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पजेशकियानसँग कुराकानी गरेका छन् । यस कुराकानीबारे प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मार्फत जानकारी दिएका हुन् ।
‘मैले इरानका राष्ट्रपतिसँग कुरा गरेँ। हामीले वर्तमान अवस्थामाथि विस्तारमा छलफल गर्यौँ ।बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्यौँ’, उनले भने, ‘मैले तनाव कम गर्न, संवाद र कूटनीतिलाई प्राथमिकता दिन अपिल गरेँ । यस क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्व यथाशीघ्र पुनः स्थापना गर्नुको आवश्यकता औँल्याएँ ।’
इजरायलले इरानमा आक्रमण गरेको साता बितिसक्दा पनि अहिलेसम्म भारतले आफ्नो अडान सार्वजनिक गरेको छैन । इरानसँग ठूलो व्यापार भए पनि भारतले साँधेको मौनता तोड्दै इरानी राष्ट्रपतिलाई फोन गरेका हुन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच