पार्टी नेतृत्वबिहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको छ : योगेश भट्टराई

पार्टी नेतृत्वबिहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको छ : योगेश भट्टराई

अर्थ चौतारी

पार्टी नेतृत्वबिहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको छ ...

A A- A+

काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वबिहीन अवस्थामा देखिएको टिप्पणी गरेका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदभित्र रास्वपा नेतृत्वबिहीन अवस्थामा देखिएको भन्दै उदेश्यबिहीन र गन्तव्यबिहीन अवस्थामा अवरोधमा सामेल भइरहेको टिप्पणी गरे।

पार्टी नेतृत्वबिहीन भएपछि रास्वपा बादलभित्र उडिरहेको कागजस्तो देखिएको उनको भनाइ छ । भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाको माग बमोजिम छानविनको सुनिश्चितताको ग्यारेन्टी गर्दा पनि अचानक रास्वपा पछाडी हटेको बताए ।

उनले उपयुक्त परिपक्व संसदीय अभ्यास नदेखाएकाले रास्वपाभित्र यसको पुर्नबिचार हुने जिकिर गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?