नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने

नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने

अर्थ चौतारी

नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने

A A- A+

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। आजको खेलमा सोमपाल कामी र गुल्शन झाले चोटका कारण बाँकी खेल गुमाउने भएपछि उनीहरूको स्थानमा नन्जन यादव र बसिर अहमद टिममा अटाएका छन्।

त्यस्तै ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन्। ​नन्दनका लागि भने आज डेब्यू गर्नेछन्। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ। सिरिजको तिन मध्य दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्न चाहन्छ।

नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ। सिरिजमा खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्स दोस्रो खेलमा स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो।

लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ। लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ। लिगमा २२ खेल खेलेको नेदरल्यान्ड्सले १२ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ। लिग–२ पछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० आइ सिरिज खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?