नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको म्याद थप गर्न मागसहित दिएको निवेदनमाथि सुनुवाइ गर्न भारतको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । कानुनी मामिलामा रिपोर्टिङ गर्ने वेबसाइट लाइभ लका अनुसार सर्वोच्च अदालतले गिरफ्तारीलाई चुनौती दिने निवेदनमाथिको निर्णय सुरक्षित रहेको जनाएको छ ।यस याचिकाको मुख्य याचिकासँग कुनै सम्बन्ध नभएको बताइएको छ । केजरीवाल दिल्लीको खारेज गरिएको रक्सी नीतिसँग सम्बन्धित घोटालामा अन्तरिम जमानतमा छुटेका थिए ।उनको जमानत जुन १ मा सकिँदैछ । केजरीवालले लोकसभा चुनावको प्रचारका लागि अन्तरिम जमानत माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनी मे १० मा सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाएर तिहाड जेलबाट बाहिर आएका थिए । सम्पत्ति शुद्धीकरण मामिलामा प्रवर्तन निर्देशनालयले मार्च २१ मा केजरीवाललाई पक्राउ गरेको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच