हेटाैंडा । मकवानपुरकाे उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेकाे वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएकाे छ । आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथकाे छैसठ्ठी माेडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । दुर्घटना भएकाे गाडी सल्लाको रूखमा अड्किएकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे डिएसपी अर्यालले बताए । उनीहरूलाई उपचारकाे लागि हेटाैंडा अस्पताल ल्याइएकाे छ । घटनास्थलमा रहेकाे प्रहरी टाेलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएकाे हाे । घाइतेहरूकाे उद्दारमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, प्रहरी चाैकी भैंसे, सिमभज्याङ २५ जना प्रहरी परिचालन भएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच