रञ्जिता भन्छिन रेसम सिकेको बार्तापछि अघि बढ्छ पाटि एकताको प्रक्रिया

रञ्जिता भन्छिन रेसम सिकेको बार्तापछि अघि बढ्छ पाटि एकताको प्रक्रिया

अर्थ चौतारी

रञ्जिता भन्छिन रेसम सिकेको बार्तापछि अघि बढ्छ पाटि एकताको ...

A A- A+

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी र सीके राउत आ–आफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको भन्दै दुई नेताबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी हुन् ।

एकताका विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको उनले बताइन् । उनले पार्टी एकतापछि चौधरी संरक्षक, राउत अध्यक्ष र आफू सह–अध्यक्षको भूमिकामा रहने यसअघि नै सहमति भइरहेको उल्लेख गरिन् । उनले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटना र आफ्नो स्वास्थ्य अवस्थाले पनि एकतामा केही ढिलाइ भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?