काठमाडौँ। रसुवामा आइतबार ठूलो परिमाणमा सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बरामद गरिएको धातु भन्सार कार्यालयमा पठाइएको छ भने यसको परिमाण र शुद्धता परीक्षण प्रक्रिया अगाडि बढाइएको छ।
उनका अनुसार सात वटा सुनका बिस्कुट बरामद भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेमबहादुर शाहीले करीब ७ किलो ६५३ ग्राम सुन जस्तो पहेँलो धातु बरामद गरिएको जानकारी दिएका छन्।
‘धातुको परीक्षण गर्न बाँकी छ,’ डीएसपी शाहीले भने, ‘हामीले गाडी चालकलाई नियन्त्रणमा लिएका छौं।’ बरामद गरिएको धातु बा ४ ख ६२०१ नम्बरको गाडीबाट फेला परेको हो। उक्त गाडी चीनको केरूङ नाकाबाट काठमाडौंतर्फ आइरहेको थियो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच