काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले सरकारमाथि गम्भीर आरोप लगाएका छन्। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएका भनिएका भ्रष्टाचारका काण्डहरू छोप्नकै लागि राजावादीहरूले आतंक मच्चाएको हौवा फैलाइएको उनको दाबी छ।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद सिंहले भने, "हामी राजा चाहिन्छ भन्ने मान्छे हौँ, तर त्यो आधारमा भ्रष्टाचार ढाकछोप गर्न पाइँदैन।" उनले विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचारको निष्पक्ष छानबिनको माग गरे।
सिंहले भ्रष्टाचारको मुद्दा सुसुप्त पार्न राष्ट्रवाद र राजावादको नाममा जनतालाई झुक्याउने प्रयास भइरहेको आरोप लगाए।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच