सर्वोच्चको आदेश शिक्षक नेताको हठ विरुद्ध : पोखरेल

सर्वोच्चको आदेश शिक्षक नेताको हठ विरुद्ध : पोखरेल

अर्थ चौतारी

सर्वोच्चको आदेश शिक्षक नेताको हठ विरुद्ध : पोखरेल

A A- A+

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शिक्षकहरूसँग अनौपचारिक रुपमा भएका सहमतिलाई औपचारिकता दिएर विद्यालय फर्काउने वातावरण तयार गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले सर्वोच्च अदालतले बालबालिकाको भविष्यप्रति गम्भीर चिन्ता गर्दै दिएको निर्देशनात्मक आदेश शिक्षकको हठ विरुद्धमा रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय बन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्छौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा हो ।’

अदालतको आदेशपछि सरकारलाई आदेश कार्यान्वयन गर्नुपर्ने वाध्यता उत्पन्न भएको उल्लेख गर्दै उनले उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु भन्ने रहेकाले सबै पक्ष जिम्मेवार बन्नु पर्ने बताएका छन् ।

सर्वोच्चले आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण निर्माण गर्न शुक्रत्रबार सरकारलाई आदेश दिएको थियो । आदेशमा कक्षा १२ को परीक्षा समयमै सम्पन्न गर्न भनि भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?