काठमाडौं। नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई शपथ गराएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्तलाई वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि सो जिम्मेवारी सम्हालिरहेकी विद्या भट्टराईले वैशाख ८ गते पदबाट राजीनामा दिएपछि पन्तको नियुक्ति गरिएको हो।
शिक्षा क्षेत्रमा अनुभवसमेत बोकेका पन्तले कार्यभार सम्हाल्नासाथ गुणस्तरीय शिक्षा, अनुसन्धान र प्रविधिको विकासमा प्राथमिकता दिने बताएका छन्।
पन्तको नियुक्तिसँगै सरकारको मन्त्री परिषद्को संरचना पुनः पूर्ण बनेको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच