लोकल काँक्रो र रातो बन्दाको भाउ बढ्यो, किलोको कति ?

लोकल काँक्रो र रातो बन्दाको भाउ बढ्यो, किलोको कति ?

अर्थ चौतारी

लोकल काँक्रो र रातो बन्दाको भाउ बढ्यो, किलोको कति ...

A A- A+

काठमाडौं । बजारमा लोकल काँक्रो र रातो बन्दाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांकले शुक्रबार लोकल काँक्रो र रातो बन्दाको भाउ बढेको देखाएको हो ।

आज रातो बन्दाको प्रतिकिलो थोक मूल्य ३५ रुपैयाँले बढेको छ । बिहीबार रातो बन्दा प्रतिकिलो ४० रुपैयाँमा किनबेच भएको थियो । आज भने रातो बन्दाको प्रतिकिलो मूल्य अधिकतम ८० रुपैयाँ र औसत ७५ रुपैयाँ कायम छ ।

लोकल काँक्रो किलोको १०५ रुपैयाँ

बजारमा लोकल काँक्रोको पनि मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले शुक्रबारका लागि सार्वजनिक गरेको मूलयसूचि अनुसार लोकल काँक्रोको प्रतिकिलो थोक मूल्यमा १५ रुपैयाँ वृद्धि भएको छ ।

बिहीबार लोकल काक्रो प्रतिकिलो ९० रुपैयाँमा कारोबार भएको थियो । आज भने लोकल काँक्रो प्रतिकिलो १ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?