राजावादीले आन्दोलन नरोक्ने, नवराज सुवेदी नजरबन्दमा परेपछि कार्यवाहक संयोजक तोकिए जगमान

राजावादीले आन्दोलन नरोक्ने, नवराज सुवेदी नजरबन्दमा परेपछि कार्यवाहक संयोजक तोकिए जगमान

अर्थ चौतारी

राजावादीले आन्दोलन नरोक्ने, नवराज सुवेदी नजरबन्दमा परेपछि कार्यवाहक संयोजक ...

A A- A+

काठमाडौं, १७ चैत्र । राजावादीहरुले आन्दोलन नरोक्ने निश्कर्ष निकालेका छन् । यही चैत्र १५ गते काठमाडौंमा भएको प्रदर्शन हिंसामा परिणत भएपछि आन्दोलन स्थगित भएको थियो । राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं नै यतिवेला फरार छन् ।

उनलाई सरकारले तिनकुने घट्नाको मुख्य मतियार तोकेको छ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा शुक्रबार राति नै पक्राउ परेका हुन् । उनीहरुलाई आज म्याद थप्ने भनिएको छ । कुन कसुरमा मुद्दा चलाउने भन्नेबारे प्रहरीले सरकारी वकिलको कार्यालयमा राय लिँदैछ ।

उता, राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदीले आफू नजरबन्दमा परेको भन्दै कार्यवाहक नेतृत्व संस्कृतिविद जगमान गुरुङलाई सुम्पिएका छन् । सुवेदीले अब आन्दोलन जगमान गुरुङ (नेपाल ऋषि) को नेतृत्वमा हुने जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?