मेयर कप भलिबल : दोस्रो दिन १० खेल सम्पन्न बागमतीको दोहोरो जित, 

मेयर कप भलिबल : दोस्रो दिन १० खेल सम्पन्न बागमतीको दोहोरो जित, 

अर्थ चौतारी

मेयर कप भलिबल : दोस्रो दिन १० खेल सम्पन्न ...

A A- A+

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ बागमती गाउँपालिका ललितपुरले दोहोरो जित हासिल गरेको छ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा आगामी चैत १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको दोस्रो दिन सोमबार महिलातर्फ दुई र पुरुषतर्फ आठ खेल सम्पन्न भएको हो।

महिलातर्फ निलकण्ठ नगरपालिका धादिङले दुप्चेश्व गाउँपालिका नुवाकोटलाई २५-१५ र २५-१७ स्कोरमा हरायो। यस्तै, अर्को खेलमा हेलम्बु गाउँपालिकालाई बिगु गाउँपालिका दोलखाले २५-१५ र २५-१० को स्कोरमा हरायो। जारी प्रतियोगितामा हेलम्बुको लगातार दोस्रो हार हो।

यस्तै, पुरुषतर्फ बागमती गाउँपालिका ललितपुरले मन्थली नगरपालिका बी रामेछापलाई २-१ को सेटमा हरायो। बागमतीले २५-२७, २५-१५ र १५-१० ले हरायो।

दोस्रो खेलमा मेलुङ गाउँपालिकाले महांकाल गाउँपालिकालाई १६-२५, २५-२३ तथा १५-११ को स्कोले पराजित गर्यो।

तेस्रो, खेलमा दुप्चेश्वर गाउँपालिकाले पनौती नगरपालिकालाई २५-१६ र २५-२१ को स्कोरले हरायो।

चौथो, खेलमा बागमती गाउँपालिकाले गल्छी गाउँपालिकालाई २५-१६ र २५-२३ को स्कोरले हरायो।

पाँचौँ, खेलमा आयोजक ललितपुर महानगरपालिकाले महाँङकाललाई २५-१५ र २५-११ ले हराउँदै जारी प्रतियोगितामा दोस्रो जित हासिल गर्यो।

छैटौं खेलमा खाँडादेवी गाउँपालिकालाई ले दुप्चेश्वर गाउँपालिकाले १६-२५ र २०-२५ को स्कोरमा पराजित गर्यो।

पुरुषतर्फ मन्थली नगरपालिका रामेछाप ए ले पञ्चकन्या गाउँपालिकालाई २५-०, २५-० को स्कोर पराजित गर्यो।

यस्तै अर्को खेलमा महांकाल ४ सि.एल.सीले मन्थली नगरपालिका ए लाई २५-१६ र २५-२० ले हराउँदै विजयी हासिल गर्यो।

बागमती प्रदेश भित्रका २२ वटा पालिका सहभागिता रहेको यस प्रतियोगितामा समूह चरणका खेलहरु वेस्ट अफ थ्रीमा खेलाईएको छ भने क्वारफाइनलदेखि वेस्ट अफ फाइब हुनेछ।

प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्। प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ।

प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ।

नयाँ प्रतिभाशाली खेलाडीहरुले प्रतिभा देखाउन पाउने र बागमती प्रदेश पालिकाहरुबीच सुमधुर सम्बन्ध विकास गर्ने सुनौलो अवसर भएकाले सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?