काठमाडौँ — बुधबार बिहान डिपोर्ट भएर चार्टर जहाजमा अमेरिकाबाट नेपाल ल्याइएका ८ जना र नियमित उडानबाट आएका एकसहित ९ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले थप सोधपुछका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।
अध्यागमन कार्यालयले कागज गराएर डिपोर्ट भएका सबैलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको हो ।डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेयता अमेरिकाबाट जनवरी २० यता बुधबार ९ जनासहित ३६ जना नेपाली डिपोर्ट भएका हुन् ।
यसअघि २७ जना र बुधबार १ जना नियमित उडानबाट डिपोर्ट भएका हुन् । अरु ८ जना भने अमेरिकाले चार्टड फ्लाइटबाटै कागजविहीन ८ जनालाई नेपाल ल्याएर छाडिदिएको हो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच