काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड पाएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेट विनियोजन गरिएको घोषणा गरे । यस्तै श्रम र रोजगारीसम्बन्धी समस्या सम्बोधनका लागि श्रमाधान योजना सञ्चालन गरिने उनको भनाइ छ । यस्तै वैदेशिक रोजगारीलाई व्यवस्थित गरिने भन्दै पुनले आगामी आर्थिक वर्षमा तीन वटा रोजगारका गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने पुनले बताए । यस्तै पुनले कम्तीमा १ लाख रिटर्नीलाई स्वरोजगार बनाउने पनि घोषणा गरे । आगामी आर्थिक वर्षमा प्रदेश प्रदेशका १ हजार युवालाई स्वरोजगार बनाउन ४३ करोड बजेट विनियोजन गरिएको उनले बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच