ओलीबाट देश उभोँ नलाग्ने मेटमणिको ठोकुवा, संकटबाट मुलुकलाई जोगाउन भन्दै मागे राजीनामा

ओलीबाट देश उभोँ नलाग्ने मेटमणिको ठोकुवा, संकटबाट मुलुकलाई जोगाउन भन्दै मागे राजीनामा

अर्थ चौतारी

ओलीबाट देश उभोँ नलाग्ने मेटमणिको ठोकुवा, संकटबाट मुलुकलाई जोगाउन ...

A A- A+

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले सबैतरिबाट असफल भइसकेका ओलीले देशको नेतृत्व गर्न नसक्ने आरोप लगाए ।

नेपाल दोस्रो पटक ग्रे लिष्टमा परेको, भ्रष्टाचार सुचांकमा एक स्थानमात्र सुधार भएको र प्रधानमन्त्री तथा मन्त्रीपषिद्को कार्यालयले उपलब्ध गराएको कार्यसम्पाद मूल्यांकनमा स्वयं प्रधानमन्त्री फेल भएको भन्दै उनले राजीनामा मागेका हुन् । चौधरीले ओलीबाट देश उभोँ नलाग्ने ठोकुवा गरेका छन् ।

‘प्रधानमन्त्रीकै रुचीमा रहेको रेलदेखि पानीजहाज र ग्यासम्म सबै परियोजनाहरु सबै संकटै संसटमा छन् । सुरु भएका परियोजनाबाट पनि सन्तोषजनक आउटपुट देखिँदैन । सबै विषयमा सबै ठाउँमा फेल भइरहेको व्यक्तित्वले कसरी उभोँ लाग्न सक्छ ? । यदि मुलुकलाई पास गराउने हो भने फेलियर प्रधानमन्त्रीले नेतृत्व छाड्नुपर्छ । अन्यथा मुलुकलाई टाट पल्टिनबाटकसैले रोक्न सक्दैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?