निरु लामाले आमाका लागी कोरियका कविता

निरु लामाले आमाका लागी कोरियका कविता

अर्थ चौतारी

निरु लामाले आमाका लागी कोरियका कविता

A A- A+

निरु रुम्बा , जापान

आमा हजुरको
पानीका बहाव जस्ता
यी स-साना यादहरूले
मेरा मनका बगरहरू भिजाउन
कहिल्यै छाडेनन्

जब रश्मिले आफूलाई
क्षितिज पारी ढल्काउँदै लान्छ
सिरूबारीबाट चियाउँदै गरेको
स्यालले जसरी
ढुलमुल ढुलमुल तिम्रा
सम्झनाका छिटाहरूले
मलाई निथ्रुक्कै बनाउँछ

हर साँझ हर बिहान
ती चरीहरूको चिरबिराईमा
म तिम्रै आवाज खोज्ने गर्छु
बादलले आकाशमा बनाएका
ती अनेकौँ आकारहरूमा
म तिम्रै अनुहारको स्वरूप देख्ने गर्छु

मेरो चुहिनै लागेको जिन्दगीमा
त्रिपाल बोकेर आउने मान्छे हौ तिमी

त्यसै कारण त म ढुक्क छु
बडो निर्धक्क छु
यो दुनियाँले मलाई
नराम्रो भन्न सक्ने हो,
बनाउन सक्ने हैन

बियोगमा झारिएका आँशुहरूभन्दा
अप्ठ्यारामा पाइएका साथहरू
धेरै गुणा प्यारा लाग्दा रहेछन्
आमा!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?