ओली सरकारले सुशासन दिन नसकेको शेखरको टिप्पणी, ०८४ को चुनावपछि महाधिवेशन गरे कांग्रेस कमजोर हुने चेतावनी

ओली सरकारले सुशासन दिन नसकेको शेखरको टिप्पणी, ०८४ को चुनावपछि महाधिवेशन गरे कांग्रेस कमजोर हुने चेतावनी

अर्थ चौतारी

ओली सरकारले सुशासन दिन नसकेको शेखरको टिप्पणी, ०८४ को ...

A A- A+

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले देशमा सुशासन दिन नसकेको टिप्पणी गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले प्रधानमन्त्ती केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन दिन नसकेको र कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति अनुसार काम नभएको बताएका हुन् ।

‘सातबुँदे सहमति अनुसार सरकार अघि बढेको छैन । आर्थिक अवस्था सुधार भएन । सुशासन त छँदै छैन । यसो हुँदा राजनीतिक स्थिरता, आर्थिक विसंगति चिर्दै सरकार सुशासनमको मार्गमा हिँड्नुपर्छ भन्ने मेरो मान्यता हो’ उनले भने ।

नेता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने प्रष्ट पारेका छन् । पार्टीमा कुनै संस्थापन र इतर समूह नरहेको दाबी गर्दै उनले सिंगो कांग्रेस संस्थापन नै भएको बताए । ‘म सभापतिको उम्मेदवार हो भनिसकेको छु’ उनले भनेका छन् ।

नेता कोइरालाले पार्टीको १५औं महाधिवेशन सार्ने खेल भइरहेको भन्दै आपत्ति जनाएका छन् । पार्टीका केही नेताहरु महाधिवेशन आगामी ८४ को चुनावपछि गर्ने बताईरहँदा कोइरालाले भने त्यसो भएमा पार्टीलाई ठूलो क्षति पुग्ने बताए । उनले पार्टीको महाधिवेशन समयमा नै हुने सुनिश्चितता गर्न सबैले खबरदारी गर्नुपर्ने बताएका छन् ।

‘कांग्रेस एक ढिक्का छ । हामी एउटै ठाउँमा छौँ । मैले धेरै पटक भनिरहेको छु कि समयमै महाधिवेशन गरौँ । पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ’, कोइरालाले भने ।

सत्तारुढ दल कांग्रेसको आगामी महाधिवेशन ०८२ सालको मंसिरमा गर्नुपर्ने छ । तर, पार्टीको विधानले दिएको एक वर्षे सुविधा र संविधानले दिएको अर्को ६ महिने सुविधालाई उपयोग गरेर कार्यकाल लम्ब्याउने सभापति देउवाको तयारी छ । कांग्रेसको विधान अनुसार दुई कार्यकाल मात्र सभापति हुन पाउने हुँदा अन्तिम कार्यकालको नेतृत्व गरिरहेका देउवा कम्तीमा डेढ वर्ष कार्यकाल लम्ब्याउन चाहान्छन् ।

कांग्रेसको विधान अनुसार हरेक ४ वर्षमा पार्टी महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, विशेष परिस्थित आएमा थप १ वर्षका लागि केन्द्रीय कार्यसमितिको म्याद थप्न मिल्ने व्यवस्था रहेको छ । सो व्यवस्थाको उपयोग गर्ने दाउमा देउवा छन् । उता, संविधानले पनि हरेर दलले ५ वर्षमा एकपटक महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । तोकिएको समयमा अधिवेशन हुन नसकेमा ६ महिना नबढ्ने गरि एक पटक म्याद थप्न पाइनेछ । दुवै व्यवस्थाको उपयोग गर्ने देउवाको रणनीति छ ।

यता सत्तारुढ दल नेकपा एमालेसँग भएको सहमति अुनसार देउवा ०८३ सालको असारमा प्रधानमन्त्री बन्नेछन् । कुनै राजनीतिक दुर्घटना नभएमा १७ महिना पछि छैटौं पटक प्रधानमन्त्री बन्ने निश्चित रहेका देउवा शक्तिमा भएको बेला पार्टी महाधिवेशन गर्न चाहान्छन् । आफू नेतृत्वबाट बाहिरिने अवस्थामा देउवाले पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा दउवालाई पार्टीमा स्थापीत गर्न चाहान्छन् । १६औं महाधिवेशनमा नेतृत्वमा ल्याउनेगरि देउवाले आरजुलाई उपसभापति बनाउन चाहेको कांग्रेस नेताहरु बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?