काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन कुमार थापालाई पुरस्कृत गरेको छ । मङ्गलबार पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार बापत गण्डकी प्रदेश सरकारले एसपी थापालाई २५ हजार नगद र प्रमाणपत्र प्रदान गरेको हो । शान्ति सुरक्षा र विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकाले उनलाई शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । सो पुरस्कार गणतन्त्र दिवस–२०८१ को अवसरमा प्रदान गरिएको गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच