जय ट्रफी: आर्मी मात्र १२१ रनमा अलआउट, ललित एक्लैले लिए सात विकेट

जय ट्रफी: आर्मी मात्र १२१ रनमा अलआउट, ललित एक्लैले लिए सात विकेट

अर्थ चौतारी

जय ट्रफी: आर्मी मात्र १२१ रनमा अलआउट, ललित एक्लैले ...

A A- A+

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि सुरू भएको जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत नेपाल पुलिस र त्रिभुन आर्मी क्लबबीच खेल भइरहेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मी मध्यम योगफलमा सीमित भएको छ। आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटिएको हो। कुशल मल्लले सर्वाधिक २५ रन बनाए भने भीम सार्कीले २२ र कप्तान विनोद भण्डारीले २१ रन बनाए।

पुलिसका ललित एक्लैले सात विकेट लिए। ललितले १७.४ ओभरमा ४७ रन दिएर ७ विकेट लिएका हुन्।

उनले कुशल भुर्तेल, सर्वन यादव र राशिद खानले १-१ विकेट हात पारे। ललितले सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिएका हुन्।

त्यसैगरी जनकपुरमा भइरहेको बागमती प्रदेश र मधेश प्रदेशबीचको अर्को खेलमा ‘टी ब्रेक’ हुँदासम्म मधेशले ३३ ओभरमा ७ विकेट गुमाएर ९८ रन बनाएको छ।

अभिषेक तिवारी १० तथा प्रदिप पासवान १ रन बनाएर खेलिरहेका छन्। बागमतीका सन्दीप लामिछानेले ४ विकेट लिँदा नन्दन यादव, प्रतिश जिसी र सुर्य तामाङले १-१ विकेट लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?