काठमाडौँ । चालु आर्थिक वर्षमा १ लाख ७३ हजार नागरिकले राष्ट्रिय परिचयपत्र लिएका छन् । चालु आर्थिक वर्ष २०७९–०८० मा सरकारले २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरेपनि १ लाख ७३ हजारले मात्रै परिचयपत्र लिएको महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनमा उल्लेख छ ।२०८० साउनपछिको १ वर्षमा नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सहित १० कारागारको निर्माण गर्ने लक्ष्य राखे पनि एउटा मात्र कारागारको निर्माण पुरा भएको छ । क्षेत्रीय कारागार बाँकेको निर्माण पुरा भएको र नुवाकोटमा निर्माणाधीन कारागार अन्तिम चरणमा रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच