सरकारलाई सुझाव : आत्महत्या भयावह बन्यो, प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरौं

सरकारलाई सुझाव : आत्महत्या भयावह बन्यो, प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरौं

अर्थ चौतारी

सरकारलाई सुझाव : आत्महत्या भयावह बन्यो, प्रभावकारी जनचेतनामूलक कार्यक्रम ...

A A- A+

काठमाडौं : सांसदहरूले आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा उनीहरूले आत्महत्या दर दिनहुँ बढ्दै गएको अवस्थामा पनि आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका हुन् ।

साथै उनीहरूले आत्महत्या बढ्दै जानुको कारणको पहिचान गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम गर्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालले वडास्तरीय आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन कार्यदल गठन गरेर विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए।

परामर्शसहितको चेतनामूलक कार्यक्रम, मनोपरामर्श, योग तथा ध्यान अभ्यासलगायतका कार्यक्रमहरू वडास्तरबाटै सञ्चालन भइरहेको उनले बताए। मन्त्रालयले कार्ययोजना नै बनाएर आत्महत्या न्यूनिकरण अभियान सुरू गरिसकेको उनको भनाइ छ ।

बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले सय बेडभन्दा बढीको अस्पतालमा अनिवार्यरुपमा मानसिक स्वास्थ्य चिकित्सक खटाउने व्यवस्था रहेको जनाएका थिए । त्यस्तै हाल प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने तथ्याङ्क रहेको उनीहरूले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?