तुलसीपुर (दाङ), २३ मङ्सिर । तुलसीपुरका सबै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेका छन् । भवनविहीन तुलसीपुर–१९ ले पनि आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । यसअघि अन्य १८ वटै वडा कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएका थिए ।
“हामीले आजदेखि सबै वडा कार्यालयका आफ्नै भवनबाट सेवा दिन सुरु गरेका छौँ”, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले भने । यसअघि शिक्षा, स्वास्थ्य, पशु र कृषि शाखा भाडाका भनवमा सञ्चालन भएका थिए ।
पालिकाले वडा–वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य केन्द्रलाई पनि केही समयमा आफ्नै भवनबाट सेवा दिनेगरी पक्रिया अगाडि बढाएको नगरप्रमुख खड्काले बताए । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच