सुदूरपश्चिमले दियो काठमाडौंलाई १६८ रनको लक्ष्य, म्याकमुलेनको अर्धशतक

सुदूरपश्चिमले दियो काठमाडौंलाई १६८ रनको लक्ष्य, म्याकमुलेनको अर्धशतक

अर्थ चौतारी

सुदूरपश्चिमले दियो काठमाडौंलाई १६८ रनको लक्ष्य, म्याकमुलेनको अर्धशतक

A A- A+

काठमाडौं । ब्रान्डोन म्याकमुलेनको अर्धशतकप्रेरित सु्दूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजलाई १६८ रनको विजयी लक्ष्य पेश गरेको छ । त्रिवि मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन जोड्यो ।

सुदूरपश्चिमबाट म्याकमुलमले ३१ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे । योसँगै म्याकमुलम एनपीएलमा अर्धशतक बनाउने आठौँ ब्याटर बने ।

एनपीएलमा यसअघि जनकपुर बोल्ट्सका अनिल साह र लहिरु मिलान्था, चितवन राइनोजका रवि बोपारा, विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमकै दीपेन्द्रसिंह ऐरी, विराटनगरका लोकेश बम र कर्णाली याक्सका शिखर धवनले अर्धशतक बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?