काठमाडौं, १९ मंसिर । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका र विभिन्न जिल्लाबाट पक्राउ पुर्जी जारी भई बयानमा रहेका रवि लामिछानेविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
पर्साको सानो पाईला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा प्रहरीले अनुसन्धान गर्नको लागि जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको हो । यसअघि लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पनि सहकारी ठगी प्रकरणमा बयान लिइसकेको छ । चितवनमा भने बयान जारी नै छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच