काठमाडौं । १७ औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम भइरहेको छ । गणतन्त्र स्थापनाका अवसरमा मूल समारोह समितिले औपचारिक कार्यक्रम गरेको हो ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख सहित सरकार विशिष्ठ अधिकारीसहित विदेशी नियोगका उच्च अधिकारी सहभागी छन् । समारोहमा सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहितका कार्यक्रम राखिएका छन् ।
संघीय सरकारसँगै तीन वटै तहका सरकारले पनि आज कार्यक्रम गर्दैछन् । सरकारले यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच