नेपाल दोस्रो अभ्यास खेलमा पनि विजयी, हरिकेन्स ९६ रनमै अल आउट

नेपाल दोस्रो अभ्यास खेलमा पनि विजयी, हरिकेन्स ९६ रनमै अल आउट

अर्थ चौतारी

नेपाल दोस्रो अभ्यास खेलमा पनि विजयी, हरिकेन्स ९६ रनमै ...

A A- A+

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएको छ । योसँगै नेपालले दुई खेलको शृङ्खला ''क्लिन स्वीप'' गरेको छ ।

गए राति प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो । नेपालले दिएको १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा अल आउट भयो । ह्युस्टनका जिया शेहजादले सबैभन्दा धेरै ३५ रन बनाए । नेपालका करण केसीले ३, सोमपाल कामीले २ तथा कप्तान रोहितकुमार पौडेल, अबिनाश बोहरा र सागर ढकालले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विेकट गुमाउँदै १ सय २३ रन बनायो । नेपालका रोहितकुमार पौडेलले ३७, कुशल भुर्तेलले २३ रन बनाए । ह्युस्ट हरिकेन्सका शेख जुनियर र जिया शेहजादले समान २ विकेट लिए ।

हिजो भएको पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो । अब नेपाली टोली टेक्सासको डालास जानेछ । त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकपअघिको आधिकारिक अभ्यास खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?