सर्पको बिगबिगी बढ्न थाल्यो, धनगढीमा घरभित्र पसेको ‘ब्लाककोब्रा’को उद्दार

सर्पको बिगबिगी बढ्न थाल्यो, धनगढीमा घरभित्र पसेको ‘ब्लाककोब्रा’को उद्दार

अर्थ चौतारी

सर्पको बिगबिगी बढ्न थाल्यो, धनगढीमा घरभित्र पसेको ‘ब्लाककोब्रा’को उद्दार

A A- A+

जेठ महिना सुरु भएयता तराईका जिल्लामा सर्पको बिगबिगी बढ्न थालेको छ। गर्मी सुरु भएयता विशेष गरी कैलाली र कञ्चनपुरमा सर्प देखिन थालेका छन्।

कडा विष भएको करेतले प्रायः मानिस सुतेका ठाउँमा र जम्काभेट भएका ठाउँमा डस्छ। तराईमा हुने अत्यधिक करेतको डसाइ राति भुइँमा खुला सुतेका व्यक्तिमा हुने गरेको पाइएको छ।

तराईमा बाघे सर्पको बिगबिगी यहीबेला हुन्छ। यसले टोकेमा शरीरमा रक्तस्राव हुन्छ। समयमै उपचार नपाए रगतको कम हुने र दिमागमा रगत जमेर बिरामीको मृत्यु हुन्छ। पहाडतिर पाइने हरेउ सर्पको डसाइमा विष कम हुुन्छ। यसको टोकाइबाट सुन्निने, दुख्ने, रक्तस्राव हुने र टोकेको ठाउँ कुहिएर झर्ने सम्भावना हुन्छ। हिमालमा पाइने हिमालयन करेतमा पनि कडा विष हुन्छ। धनगढीमा गत वर्ष नगरप्रहरीले तीन सयभन्दा बढी सर्पको उद्दार गरेर सुरक्षित स्थानमा छोडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?