छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै

छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै

अर्थ चौतारी

छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै

A A- A+

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिनाबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक शनिबार पनि बस्दैछ।

कानूनमन्त्री पदम गिरीले शनिबार अपराह्न ३ बजे मन्त्रालयमै बस्नेगरी बैठक बोलाएका हुन्। सत्ता र प्रतिपक्षी दलहरु बजेट प्रस्तुत गर्ने दिन नजिँकिदै गर्दा सदनको गतिरोध हटाउन सक्रिय भएका छन्। भोलि नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यसूची प्रभावित हुन नदिने गरी गतिरोध अन्त्यको प्रयास भएको नेताहरूले बताएका छन्।

सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सरकार लचक भएको छ। बैठकमा सहभागी एक नेताका अनुसार छानविन समितिमा कांग्रेस रविको नाम नराख्न तयार भएको छ। तर, गोर्खा मिडिया नेटवर्कका एमडीमाथि छानविन हुनुपर्ने प्रस्ताव कांग्रेसले राखेको छ।

यसमा सत्तारुढ एमाले सहमत भएको छैन। हिजो साँझ प्रमुख दलका शीर्षनेताहरूबीच भएको छलफल सकरात्मक भएपछि आज फेर कार्यदलको बैठक बस्न लागेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा छलफल सकारात्मक भएको र आज बसेर टुंग्याउने प्रयास हुने कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?