सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.०६ प्रतिशत रहने अनुमान

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.०६ प्रतिशत रहने अनुमान

अर्थ चौतारी

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.०६ प्रतिशत रहने अनुमान

A A- A+

सुदूरपश्चिम प्रदेशभित्र एक उपमहानगर, ३३ नगरपालिका र ५४ गाउँपालिका गरेर कुल ८८ वटा स्थानीय तह छन्।

कुल ९ जिल्ला रहेको सुदूरपश्चिमको आर्थिक वृद्धिदर त्यति उत्साहपूर्ण नहुने देखिएको छ। कुल ग्रार्हस्थ्य उत्पादन जीडीपीमा यहाँ कृषि क्षेत्रको योगदान बढी देखिने गरेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक ३ दशमलव शून्य ६ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। चालु आर्थिक वर्षका लागि यस्तो अनुमान गरिएको हो।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै मात्र सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादन जीडीपी प्रतिवेदनले चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव शून्य ६ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म) कोअनुमानित तथ्यांकका आधारमा कार्यालयले प्रादेशिक लेखा तथ्यांक सार्वजनिक गरेको हो। कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनका अनुसार सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति एक हजार एक सय ११ डलर छ। त्यस्तै औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलाप हेर्दा गत आर्थिक वर्ष र यस आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ। सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा देखिएको छ।

आर्थिक वर्ष २०८० र८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब ४ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ। यसमा सुदूरपश्चिमको ७ दशमलव १ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान छ। आर्थिक वर्ष  २०७९र८० को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा सुदूरपश्चिमको योगदान घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?