काठमाडौं– सहकारी संस्थाहरूमा भएको बचत अपचलनको विषयलाई लिएर २४ हजार बढीले अदालतहरूमा मुद्दा दायर गरेको पाइएको छ ।
संसदको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिले अहिलेसम्म जिल्ला सहकारी वकील, उच्च सहकारी वकील र महान्याधिवक्ताको कार्यालयमा सहकारी संस्थाको बचत अपचलन भएको भन्दै २४ हजार २३४ जना उजरी दिएको जनाएको हो ।
समितिले छानबिनको प्रतिवेदन सार्वजनिक गर्दै सहकारी पीडितहरूले १४ सय १ जना अभियुक्तविरुरू १३३ वटा मुद्दा दायर गरेको जनाएको छ । ती मुद्दाहरूमा २ अर्ब १९ करोड ७२ लाख ६५ हजार १२ रूपैयाँ बराबरको बिगो दाबी गरिएको प्रतिवेदनमा उल्लेख छ ।
दायर गरिएका मुद्दाहरूमध्ये जिल्ला सहकारी वकिलको कार्यालयमा १११ वटा, उच्च सहकारी वकिलको कर्यालयमा ८ र महान्याधिवक्ताको कार्यालयमा १४ वटा रहेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच