४ जना राजदूतको नाम अनुमोदनबारे २ रास्वपा र जसपा नेपालको फरक मत

४ जना राजदूतको नाम अनुमोदनबारे २ रास्वपा र जसपा नेपालको फरक मत

अर्थ चौतारी

४ जना राजदूतको नाम अनुमोदनबारे २ रास्वपा र जसपा ...

A A- A+

काठमाडौं । विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुमध्ये १६ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुँदा ४ जनाको नाम भने बहुमतबाट अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा श्रीलंकाका लागि राजदूतमका सिफारिस रामकृष्ण भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि उनको नाम अनुमोदन भएन । भट्टराईबाहेक अन्य १६ जनाको नाम अनुमोदन भएको छ ।

अनुमोदन भएका १६ जनामध्ये १२ जना सर्वसम्मत र ४ जना बुहमतबाट अनुमोदन भएका हुन् । राजदूतमा सिफारिस भएका धनप्रसाद पण्डित, कपिलमाण श्रेष्ठ, शंकर शर्मा र नेत्रप्रसाद तिमल्सिनाको नाम भने बहुमतबाट अनुमोदन भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले फरक मत राखेका थिए ।

समितिको निर्णयअनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ ।

यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ ।

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ । समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ ।

यस्तो छ उनीहरूको फरक मत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?