रविलाई कारबाही सिफारिसपछि शंकर पोखरेलको टिप्पणी: जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ?

रविलाई कारबाही सिफारिसपछि शंकर पोखरेलको टिप्पणी: जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ?

अर्थ चौतारी

रविलाई कारबाही सिफारिसपछि शंकर पोखरेलको टिप्पणी: जान्नेलाई छान्नेले राजनीतिमा ...

A A- A+

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारीको रकम अपचलन गरेको पुष्टि भएर कारबाहीको सिफारिसमा परेका रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै कुनै पनि कम्पनीको सीईओले कम्पनीमा कहाँबाट पैसा आउँछ र त्यसको खर्च कसरी हुन्छ भन्ने दायित्व लिनुपर्ने उल्लेख गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरेलले उक्त टिप्पणी गरेका छन् । लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम गएकोमा उनको पनि दायित्व हुने पोखरेलको भनाइ छ ।

‘कुनै कम्पनीको सिओले आफ्नो कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी बिना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिओको रूपमा मनलाग्दी पैसा खर्च गर्दछ,’ उनले लेखेका छन्, ‘अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरूले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’

समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई दोषी किटान गरेर कारबाहीको सिफारिश गरेको छ । लामिछानेले गोर्खा मिडियाकै नाममा जारी भएको चेकमा हस्ताक्षर गरेर तलब एवं कार्यालय सञ्चालनका लागि पैसा निकासा गराएको पाइएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?