सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको रास्वपा नेता खनालको दाबी

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको रास्वपा नेता खनालको दाबी

अर्थ चौतारी

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको रास्वपा नेता खनालको ...

A A- A+

काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको दाबी गरेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको सदस्यसमेत रहेका खनालले अहिले लामिछानेबारे मिडियामा आइरहेका कुरामा कुनै सत्यता नरहेको बताए ।

‘सहकारीबाट रवि लामिछानेको नाममा अथवा उहाँको प्रत्यक्ष संलग्नतामा कतै पनि रकम प्रवाह भएको देखिएन,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै खनालले भने ।

समितिले आज प्रतिवेदन बुझाउँदै छ । प्रतिवेदन हस्ताक्षरको अन्तिम तयारी भइरहेको पनि नेता खनालले बताए । लामिछाने गोर्खा मिडियामा रहँदा उनीसहितको संयुक्त बैंक खातामा पैसा आएको भन्ने विषयलाई प्रष्ट पार्दै उनले यसलाई नौलो मान्न नहुने बताए । रवि लामिछाने, जिबी राई र छविलाल जोशी मिलेर कुनै कम्पनी खोलेको खण्डमा संयुक्त बैंक खाता रहेको विषयलाई अतिरञ्जित गर्न नहुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?